शिया गुरुद्वारा राजनीतिक सन्यासको घोषणा, समर्थकले राष्ट्रपति भवनमा तोडफोड गरे

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – इराकका शक्तिशाली शिया मुस्लिम धर्मगुरु मुक्तदा अल-सद्रले राजनीति छोड्ने घोषणा गरेका छन । राजनीति छोड्ने घोषणा गरेपछि बग्दादमा धर्मगुरुका समर्थक र इरान समर्थितबीच झडप भएको हो । घटनामा २० जनाको मृत्यु भएको थियो। भीडले राष्ट्रपति भवन र सरकारी भवनमा तोडफोड गरेको छ ।

प्रदर्शनकारीलाई नियन्त्रण गर्न सुरक्षा बलले अश्रुग्यास प्रहार गरिरहेको छ । त्यस्तै, सेनाले स्थितिलाई सम्बोधन गर्न कर्फ्यू घोषणा गरेको छ । इराकमा विगत १० महिनादेखि स्थायी प्रधानमन्त्री, मन्त्रिमण्डल र सरकार छैन । जसका कारण राजनीतिक अराजकताको अवस्था सिर्जना भएको हो ।

झडपका कारण डच दूतावासका कर्मचारीहरू जर्मन मिसनमा जान बाध्य भएका थिए। इरानले अशान्तिको प्रतिक्रियामा इराकसँगको आफ्नो सीमा बन्द गरेको छ र कुवेतले आफ्ना नागरिकहरूलाई तुरुन्तै देश छोड्न आग्रह गरेको छ। मारिनेहरू सबै सद्रका समर्थक भएको बताइएको छ ।

एजेन्सी रोयटर्स

प्रतिक्रिया दिनुहोस्

Array