संयुक्त राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनको प्रश्न- हतियार पुग्ने विश्वमा किसानले मल र इन्धन किन पाउँदैनन् ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ आश्विन २०८३, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले विश्वव्यापी आपूर्ति प्रणालीमा रहेको असमानतामाथि प्रश्न उठाउँदै हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा भने कमजोर रहेको बताएका छन्।

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई शुक्रबार बिहान सम्बोधन गर्दै प्रधानमन्त्री शाहले अन्तरमहादेशीय क्षेप्यास्त्र र राइफल तथा गोलाबारुद तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर नेपालका किसानले आवश्यक परेको बेला बजार मूल्यमा मल वा इन्धनसमेत पाउन नसक्ने अवस्था रहेको बताए।

- Advertisement -
Ad image

‘हामीले युद्धका लागि त्रुटिरहित रसद प्रणाली र खाद्यान्नका लागि भताभुङ्ग रसद प्रणाली भएको संसार बनाएका छौँ,’ उनले भने।

उनले आफूले तिर्न सक्ने देशले आवश्यक वस्तु किन्न पाउनुपर्ने र ७२ घण्टाभित्र संसारको जुनसुकै ठाउँमा हतियार पुर्‍याउन सक्ने विश्वसँग किसानलाई मर्यादित जीविकोपार्जनका साधनबाट वञ्चित राख्ने कुनै बहाना हुन नसक्ने बताए।

यो प्रसंगलाई उनले जलवायु न्याय र विश्वव्यापी आर्थिक व्यवस्थासँग जोड्दै कमजोर तथा विकासशील देशका नागरिकले आफूले सिर्जना नगरेका सङ्कटको भार बोक्नुपरेको बताए।

उनले जलवायु परिवर्तनले नेपालजस्ता देशलाई असर पारिरहेको र अर्कोतर्फ विश्वव्यापी आपूर्ति शृङ्खलाको कमजोरीले गरिब जनतालाई थप प्रभावित बनाइरहेको उल्लेख गरे।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्