चलचित्र निर्माता संघको अध्यक्षमा उठ्ने नवल खड्काको घोषणा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौैँ – निर्माता, निर्देशक तथा कलाकार नवल खड्काले निर्माताहरूको छाता संस्था चलचित्र निर्माता संघको अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । संघको आसन्न महाधिवेशनमा आफू अध्यक्षमा उठ्न उनले सामाजिक संजालमार्फत घोषणा गरेका हुन् ।

आइतवार फेसबुकमा लामो एजेन्डासहित उनले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । एजेन्डामा उनले विदेशमा नेपाली फिल्म रिलिजदेखि विदेशी फिल्म न्युनिकरणसम्मका विषय उठाएका छन् । निर्माता संघको भवन निर्माण गर्ने, विभिन्न राष्ट्रमा रहेका नेपाली दूतावास तथा नियोगहरूमा सांस्कृतिक सहचारी दूत नियुक्त, चलचित्र विकास बोर्ड ७ वटै प्रदेशमा खोल्न पैरवी गर्ने, सबै प्रदेशमा स्टुडियो तथा चलचित्र प्रज्ञा प्रतिष्ठान स्थापना पहल र नेपाली फिल्म रिलिजका लागि भरपर्दो ओटीटी प्लेटफर्मको खोजी लगायतका उनका एजेन्डमा परेका छन् ।

विभिन्न संघसंस्थाको नेतृत्व गरिसकेका खड्का नेपाल कलाकार संघका पुर्व अध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: