हकप्रद निष्कासन गर्न अरुण काबेलीले पायो बोर्डको अनुमति

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – अरुण काबेली पावर लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीलाई हाल कायम चुक्ता पुँजीको १ बराबर १ अनुपातमा हकप्रद जारी गर्ने शुक्रबार विद्युत नियमन आयोगले स्वीकृति दिएको हो। कम्पनीको ११ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को चुक्ता पुँजीमा प्रस्तावित १७ प्रतिशत बोनस सेयरपछि कायम हुन आउने चुक्ता पुँजीको शतप्रतिशत हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरेको थियो।

उक्त बोनस सेयर वितरणपछि अरुण काबेलीको चुक्ता पुँजी १ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ। कम्पनीले सोही बराबरको हकप्रद निष्कासन गर्ने भएको हो। हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७१ करोड रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्

Array