झोला भित्र रहेका १५५३ मेगावाटका आयोजनाको पीपीए खारेज गर्ने तयारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ भाद्र २०७९, बिहीबार
2 Min Read
Aa

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले १५५३ मेगावाटको आयोजनाले पीपीए गरेपनि अहिलेसम्म वित्तीय व्यवस्थापन गर्न नसकेपछि खारेजी गर्ने तयारी गरेको छ । झोला भित्र भएका त्यस्ता आयोजनाको पीपीए खारेज गर्ने तयारी गरेको प्राधिकरण जानकारी दिएको छ ।
यस्तै सरकारले ४ वर्षदेखि रोकिएको नदी प्रवाहमा आधारित (आरओआर) आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) यही साता खुलाउने तयारी गरिरहेको छ ।  प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १५०० मेगावाटको पीपीए खुलाउन लागको बताएका छन्। ठुलो संख्यामा पीपीएका लागि आवेदन परेकाले एक दुई दिन भित्रै निणर्य लिने उनले बताए । विस्तृत अध्ययन नभएका, वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन तयार नभएका लगायत काम बाकि भएकाकोभने पीपीी नहुने पनि उनले बताए ।
विद्युत विकास विभागले १८० जलविद्युत आयोजनाहरु (१४१४३ मेगावाट) को सर्वेक्षण अनुमति पत्र र २२० जलविद्युत आयोजनाहरु (८०९४ मेगावाट)को उत्पादन अनुमतिपत्र जारी गरिसकेको छ ।
सर्वेक्षण र उत्पादनको अनुमतिपत्र प्राप्त गर्ने २२ हजार २३७ मेगावाट क्षमताका जलविद्युत आयोजनाहरु रहेका छन्। प्राधिकरण तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/०७९ को अन्त्यसम्ममा सौर्य तथा बायोमास आधारित सह (उत्पादन समेत गरी ३५७ विद्युत आयोजनाबाट २१९० मेगावाट विद्युत उत्पादन भइरहेको जानकारी दिएको छ। यसमध्ये प्राधिकरणको ६५८ मेगावाट, प्राधिकरणको सहायक कम्पनीहरुबाट ४७८ मेगावाट र निजी क्षेत्रबाट १०५४ मेगावाट उत्पादन भएको छ । ३२८१ मेगावाटका आयोजनाहरुको पीपीए तथा वित्तीय व्यवस्थापन भएर निर्माणको चरणमा रहेको पनि प्राधिकरणले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array