रत्नपार्कमा विद्युतीय सवारी चार्जिङ स्टेसन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको विद्युतीय सवारीसाधनको फास्ट चार्जिङ स्टेसनको उद्घाटन मंगलबार आज गरिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले प्राधिकरणको प्रधान कार्यालय रत्नपार्कमा निर्माण गरिएको अत्याधुनिक फास्ट चार्जिङ स्टेसन उद्घाटन गरेकी हुन्।
उक्त चाजिङ्क स्टेशनबाट नेपालमा उपलब्ध सवारीसाधनहरूमा रहेको ब्याट्री क्षमता अनुसार कम्तीमा आधा घण्टादेखि १ घण्टासम्ममा चार्ज पूर्ण हुने जानकारी दिएको छ।

प्राधिकरणले विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना अन्तर्गत अहिले सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरू पर्ने ५१ स्थानमा चार्जिङ स्टेसन निर्माण भएको पनि जानकारी दिएको छ। त्यसमध्ये २६ वटा ठूला बस, माइक्रो, ट्रक, पिकअप र कार तथा २५ वटा साना (ठूला कारहरू चार्ज गर्न सकिने जानकारी दिएको छ ।
प्रहरी बलद्वारा सञ्चालित तथा प्रस्तावित पेट्रोल पम्प र कार्यालयहरूका उपयुक्त स्थानमा चार्जिङ स्टेसन निर्माणका लागि समझदारी(पत्रमा हस्ताक्षर गरिएको छ। चार्ज गर्दा कारहरूमा औसत ७० पैसा, एसयुभीहरूमा ८० पैसा, माइक्रोबसमा ९० पैसा र बसहरूमा एक रुपैयाँ २० पैसा प्रतिकिलोमिटर खर्च लाग्ने बताइएको छ। विद्युतीय गाडिको खर्च पेट्रोलबाट चल्लने सवारी साधनको भन्दा निकै सस्तो पर्ने पनि जानकारी दिएको छ । हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर राखिने पनि बताइएको छ । त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभिएको ट्रान्सफर्मर र अनलाइन बिलिङ प्रणाली जडान गरिएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array