नेपालमा आज र भोली उर्जा सम्मेलन, ३० भन्दा बढी देश सहभागी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ बैशाख २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं– स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था (इपान) नेपालले आज र भोलि उर्जा सम्मेलन गर्ने भएको छ । ‘हरित उर्जाको बजार विस्तारिकरण’का लागि उर्जा सम्मेलन गर्न लागिएको हो । सम्मेलनको संरक्षक उर्जा मन्त्रालय र सहआयोजकमा लगानी बोर्ड रहेका छन् । सम्मेलनमा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका विशिष्ट व्यक्ति र दक्षिण एसियाली नेताहरूको उपस्थिति हुनेछ । इपानले पावर समिट नेपालको उर्जा क्षेत्रको बजार विस्तारमा कोसेढुंगा सावित हुने अपेक्षा गरेको छ ।
ऊर्जा समिटमा ३० भन्दा बढी देशका ३०० अन्तर्राष्ट्रिय प्रतिनिधिसहित ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका उच्च अधिकारीहरू, पावर ट्रेडिङ कम्पनीहरू, विद्युत् उत्पादकहरू, वित्तीय संस्थाहरू, प्रसारण तथा वितरण कम्पनीहरू, परामर्शदाता कम्पनीहरू लगायत अन्य ऊर्जा क्षेत्रका सरोकारवालाहरू गरी करिब ८०० जना सहभागी हुने बताएको छ ।

सम्मेलनमा नेपाली जलविद्युत् आयोजना र भारतीय क्रेताबीच प्रत्यक्ष विद्युत् खरिद सम्झौता (पीपीए), नवीकरणीय ऊर्जा विकास र बजार विस्तारका लागि सम्झौता गरिनेछ ।
सम्मेलनमा नेपालको विद्युत् बजार, प्रसारण पूर्वाधार, नेपालको जलविद्युत्को माग, प्रविधि, नवप्रवर्द्धन सोलार, हाइड्रोजन, अन्तरदेशिय विद्युत् व्यापार, दिगो र जलवायु अनुकूल विकासलगायत विषय समेट्ने गरी १५ वटा सत्रहरू सञ्चालन गरिनेछ ।
सम्मेलनमा १५ वटा स्टल राखिनेछ । स्टलको लागि स्वदेशी कम्पनीको लागि आठ हजार विदेशी कम्पनीहरूको लागि १० हजाररुपैया तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: