अमेरिकाको वासिङ्टन डीसीमा विश्वव्यापी संसदीय समूहको सम्मेलन हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ भाद्र २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौँ – अमेरिकाको वासिङ्टन डीसीमा प्रजातान्त्रिक सुधार विचारधाराका सांसदहरूको समूहले सेप्टेम्बर १२–१४ सम्म विश्वव्यापी सम्मेलन गर्ने भएको छ । अमेरिका स्थित पोलिटिको प्रकाशनले सो बारे उल्लेख गरेको छ। ‘चिनियाँ सरकारले ताइवानविरुद्ध सैन्य कारबाही बढाइरहेको र युक्रेनविरुद्ध रूसको जारी आक्रमणको जटिल र संवेदनशील समयमा यो जमघट हुन लागेको’ बेल्जियम चेम्बर अफ रिप्रिजेन्टेटिभका सदस्य एवं चीनमा अन्तर–संसदीय गठबन्धनका सहअध्यक्षले बताएका छन्।

कोगोलाटीले सो शिखर सम्मेलनले चीनमा मानवअधिकार र ताइवानको लोकतन्त्रको रक्षार्थ चिनियाँ सरकारले कसरी काम गर्न सक्छ भनेर छलफल गर्न ६० जना विधायकहरूका बीच छलफल हुने बताएका छन् । अष्ट्रेलिया, भारत, जापान र न्यूजील्याण्डका आईपीएसी सदस्यहरूले यस महिनाको शुरुमा विधायकहरूका लागि इन्डो–प्यासिफिक फोरम शुरु गर्ने घोषणा गरेका थिए। इन्डो–प्यासिफिक फोरमले उदार नियममा आधारित विश्व व्यवस्था, लोकतन्त्रको साझा मूल्य, अभिव्यक्ति स्वतन्त्रता र विधिको शासनको रक्षा र अभिवृद्धि गर्न संयुक्त प्रयासलाई गहन बनाउने विषयमा छलफल केन्द्रित हुने जनाएको छ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

Array