फिफाद्वारा भारतमाथिको निलम्बन फुकुवा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ भाद्र २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौँ – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ) माथि लगाएको निलम्बन दुई साता भन्दा कम समयमै फुकुवा गरेको छ । ब्यूरो अफ फुटबल काउन्सिलले एआइआइएफमाथि लगाएको निलम्बन फुकुवा गर्ने निर्णय गरेको फिफाद्वारा शुक्रबार जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । दैनिक कार्यसञ्चालनका लागि एआइएफएको पुरानै समितिलाई दिने पक्का गरेसँगै फिफाले निलम्बन फुकुवा गरेको हो ।

फिफा र एएफसीले दैनिक काम कसरी अघि बढ्छ त्यसलाई अनुगमन गर्ने पनि जनाएको छ । फिफाले यसअघि नै पटक पटक चेतावनी दिएपनि विधान विपरित कार्य हुँदै आएको थियो । भारतको सर्वोच्च अदालतले एआइएफएफमा चुनाव गराउन निर्देशन दिँदै आफ्नै बोर्ड गठन गरेपछि फिफाले त्यसो नगर्न चेतावनी दिएको थियो । तर फुटबलको निकायलाई स्वतन्त्र चुनाव गराउन वातावरण नदिएपछि फिफाले निलम्बन गरेको हो ।

भारतले अक्टोबरमा आयोजना गर्ने तयारी गरेको यू–१७ महिला विश्वकप पनि अब पूर्व निर्धारित समयमै हुने फिफाले उल्लेख गरेको छ । एआइएफएफमा बाहिरी शक्ति हावी भएको भन्दै फिफाले साउन ३० गते भारतमाथि निलम्बन गरेको थियो ।
एजेन्सी

प्रतिक्रिया दिनुहोस्

Array