आयोगद्वारा समानुपातिक निर्वाचनका लागि आजदेखि निवेदन दिन दलहरूलाई आह्वान

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ भाग लिन दलहरूलाई आजबाट निवेदन दिन आह्वान गरेको छ । आयोगले शुक्रबारदेखि भदौ १२ गतेसम्म निवेदन दिइसक्ने समय दिएको छ ।

प्रत्यक्षतर्फ दलका उम्मेदवारले मनोनयन दर्ता गरेजस्तै समानुपातिकतर्फ राजनीतिक दल उम्मेदवार भई मनोनयन दर्ताका लागि निवेदन दिन आयोगले समय दिएको हो । कार्यालय समयभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालय, बहादुर भवन, कान्तिपथ, काठमाडौंमा निवेदन दिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्