आजको मौसम: मनसुनी र पश्चिमी वायुको प्रभाव कायमै कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ आश्विन २०८३, शनिबार
1 Min Read
Aa

काठमाडौं – हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहेको छ भने कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

- Advertisement -
Ad image

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ। यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै देशभरका तराई क्षेत्रमा आंशिक बदली रहने महाशाखाको पूर्वानुमान छ।

वर्षाको सम्भावनाबारे जानकारी दिँदै महाशाखाले दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षा हुनसक्ने जनाएको छ।

साथै मधेस, कोशी र बागमती प्रदेशका तराई भूभागका एक-दुई स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा भने हल्का वर्षा हुनसक्नेछ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्