यसबर्ष औसतभन्दा कम बर्षा, धान उत्पादनमा कमि आउने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

यो बर्ष नेपालका अधिकांस क्षेत्रमा धान उत्पादनमा कमि आउने पुर्वअनुमान गरिएको छ । यस बर्ष धान खेति हुने मुख्य क्षेत्रमा पर्याप्त बर्षा भएन ।

जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालको अधिकांश भूभागमा यस वर्ष औसतभन्दा कम बर्षा भयो । यस वर्ष मनसुन सुरु भएपछि अहिलेसम्म मधेश प्रदेश र काठमाडौं उपत्यका पश्चिमतर्फको अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा भएको छ ।

तराईका धान उत्पादन हुने क्षेत्रमा सुक्खा लागेको छ । हरियो फिरेको धान खेतमै सुकेको छ । खेतमा धाजा फाटेको छ ।

यसवर्ष मनसुनी न्यूनचापीय रेखा अधिकांश समय सरदरभन्दा दक्षिण कोलकोता तल रहँदा जलवाष्पयुक्त वायु पर्याप्त मात्रामा उत्तरतर्फ प्रवेश नगर्दा नेपालमा वर्षा कम भएको विभागका मौसमविद् हीरा भट्टराईले जानकारी दिए ।

कतिपय स्थानमा पानीको अभावमा अहिले सम्म धान रोपिएको छैन । एकातिर मल अवाभ त छदैछ अर्कोतिर पर्याप्त बर्षा नहुदाँ किसान मर्कामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array