शेयर बजार बढ्ला कि घट्ला  ? शेयर लगानीकर्तासँगको कुराकानीमा आधारित छोटो विश्लेषण

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ भाद्र २०७९, बुधबार
3 Min Read
Aa

शेयर बजार बढ्ला कि घट्ला  ? शेयर लगानीकर्तासँगको कुराकानीमा आधारित छोटो विश्लेषण ।

देशको समग्र आर्थिक अवस्था :

१) देशको आर्थिक अवस्था नकारात्मक छ । राजश्वले साधारण खर्च धान्ने अवस्था छैन । खाद्यान्न आयात बढेको छ । सरकारले लिएका नीतिका कारण खाद्यान्न बाहेकको आयात ब्यापारमा समस्या उत्पन्न भएको छ ।

२) उत्पादन मैत्री राष्ट्रिय नीति नहुदाँ उत्पादन क्षेत्र धराशायी भएको छ । उत्पादनमूलक क्षेत्रमा लगानीको वातावरण छैन ।

३) कृषि उत्पादन लागत बढेको छ । कृषियोग्य जमिनमा भएको खण्डिकरणका कारण कृषिमा व्यावाशायिक उत्पादन लगानी गोखिमयुक्त छ ।

४) नेपालमा सुनमा लगानी गरि किनवेच गर्ने चलन अत्यन्तै कम छ । राष्ट्रले सुनको आयातमा समेत कोटा प्रणाली लागु गरेको छ ।

६) विप्रेषण बढेको छ । आएको रकम लगानिगर्ने ठाउ छैन ।

७) जग्गाको कारोवार सुस्ताएको छ ।

सामाजिक मनोविज्ञान र अवस्था :

८)  अधिकांस परिवार विप्रेषणमा निर्भर भएका छन् ।

९) सहरी र अर्ध-सहरी क्षेत्रमा मानिसको वसोवास बढेको छ ।

१०) उत्पादनमा सहभागी हुनु या श्रमगर्नु भनेको दु:ख पाउनु हो भन्ने मनोविज्ञान आमरुपमा

   विकास भएको छ ।

११) मध्यम् बर्गीय समाजको मनोविज्ञान आम मनोविज्ञान बनेको छ ।

शेयर बजार :

१२) शेयर बजार अहिले केहि घटेको छ ।

१३) नेपालमा बजारमा कारोवार भएको शेयर मूल्य प्रति इकाई शेयरबाट प्राप्त हुने प्रतिफलसँग दाज्दा लगानीको व्याज धान्दैन।

१४) शेयर लगानीकर्ता क्यास डेविडेन्ट भन्दा बोनस शेयर र राइट शेयरको प्रतिक्षामा हुन्छन ।

१५) शेयर बजारमा चल्ने सामान्य हल्लाले शेयर बजारमा प्रवाभ पार्ने स्थिति छ ।

निचोड :

अल्छी र इजिमनिको चाहना राख्ने जनसंख्या दिनप्रतिदिन बढ्नु,लगानीको अन्य क्षेत्र नहुनु, हरेक मान्छे सहज पैसा कमाउने क्षेत्र खोज्नेहुनु र नेपालीको जुवाडे स्वभावका कारण पनि शेयर बजारमा लगानी बढनेनै छ ।

लगानीकर्ता विना लगानी बस्न सक्दैनन् । उनीहरू जहिले पनि शेयर कारोवारको दाउपेचमा हुन्छन ।

हरेक बर्ष शिक्षित जनशक्ति बढिरहेको हुन्छ। शिक्षित जनशक्तिको शेयर कारोवारमा रुची स्वाभाविक हो ।

विप्रेषणबाट प्राप्त भईरहेको रकम शेयर बजारमा बढ्दो रूपमा लगानी भईरहेको छ ।

लगानी गर्ने जनशक्ति र पूँजी बढेअनुसार बजारमा नया कम्पनीको शेयर आएको छैन ।

यसरी हेर्दा नेपालको शेयर बजार सानो र अरूदेशको तुलनामा कम चुनौतिपूर्ण छ । यसर्थ शेयरको कारोवार र शेयर मूल्य लामो समय घटिरहन सक्दैन । शेयर बजार निश्चित बढ्नेछ ।

(शेयर लगानीकर्तासँगको कुराकानीमा आधारित |)

प्रतिक्रिया दिनुहोस्

Array