काठमाण्डौ मलमा चल्यो महानगरको डोजर

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह “बालेन्” को नेतृत्वमा सुन्धारास्थित काठमाडौंमलमा नक्सा नबनाई बनाइएको संरचना हटाईएको छ।

डोजर लिएर मेयर बालेन्द्र साह “बालेन्”  उपत्यका प्रहरी कार्यालयकी प्रमुख मीरा चौधरीसहितको टोली काठमाण्डौ मल पुगेको थियो।

काठमाडौं मल कर्मचारी सञ्चय कोषको स्वामित्वमा  रहेको छ। यो भवन भाडामा लिएकाहरूले अनधिकृत रूपमा नक्सा विपरीतका संरचना बनाएर उपयोग गरिरहेका थिए।

संचरना भत्काउनु अगाडि पसल खाली गराईएको थियो ।

केहिदिन यता काठमाडौं महानगरपालिकले नक्सा पास नगरि बनाईएका संरचना धमाधम भत्काइरहेको छ । साथै नक्सापासको प्रयोजन अनुसार मात्र प्रयोग गर्न निर्देशन दिदै कार्यान्वयन गराउदै छ ।

प्रतिक्रिया दिनुहोस्

Array