भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डे भाद्र १९ गते नेपाल आउने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

भारतीय सेनाका सेनाध्यक्ष जनरल मनोज पाण्डे पाँचदिने भ्रमणका लागि भाद्र १९ गते नेपाल आउने भएका छन् । सन् १९५० देखि सुरु भएको पुरानो परम्परालाई निरन्तरता दिँदै सेनाध्यक्ष पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा ‘नेपाली सेनाको मानार्थ महारथी’को उपाधि प्रदान गरिनेछ।भारतले पनि नेपाली सेना प्रमुखलाई ‘भारतीय सेनाको मानार्थ महारथी’ पनि प्रदान गर्ने गर्दछ ।

भाद्र १९  देखि २३ गते सम्मको भ्रमणका क्रममा भारतीय प्रधानसेनापतिले नेपाली समकक्षी जनरल प्रभुराम शर्मालगायत, राष्ट्रपति प्रधानमन्त्री, प्रमुख राजनीतिक दलका नेताहरू सँग भेट्ने  कार्यक्रम रहेको स्रोतले वताएको छ ।

भारतीय सेनाका प्रधानसेनापतिको भ्रमणको उद्धेश्य दुई देशबीचको समग्र सम्बन्ध र सैन्य रणनीतिक सम्बन्धलाई अझ प्रगाढ बनाउने उपाय खोज्न केन्द्रित हुने वताइएको छ । यसैगरी

नेपाली सैन्य अधिकारीसँग सैन्य सहयोगका प्रमुख विषयमा विस्तृत वार्ता गर्ने समेत वताइएको छ ।

क्षेत्रीय भूराजनीति र अन्तराष्ट्रिय राजनीति पेचिलो बनिरहेको समयमा हुन गहिरहेको भारतीय सेनाध्यक्षको भ्रमणलाई चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array