प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, सत्तागठबन्धनमा तरङ्ग

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

सत्तागठबन्धनमा सिट तालमेलमा सकस भइरहेको बेला प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष खड्ग प्रसाद शर्मा ओलीबीच प्रधानमन्त्री निवाश बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवाको अनुरोधमा भेटवार्ता भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ  ।

भेटमा आउदो निर्वाचन, नागरिकता विधेयक, प्रधानन्यायाधीश माथिको महाअभियोग जस्ता विषयमा कुराकानी भएको प्रधानमन्त्री सचिवालय श्रोतले जनाएको छ ।

एकातिर सत्तागठबन्धन अन्य दल मोर्चावन्दी र एकताको प्रक्रियामा रहेको वेला सत्ता गठबन्धनको मूख्य दल नेपाली कांग्रेस र प्रमुख बिपक्षी दल एमालेको सम्बादले राजनीतिमा नयाँ तरङ्ग ल्याएको छ ।

विस्तृत समाचार आउँ बाकी नै छ ।

प्रतिक्रिया दिनुहोस्

Array