घरबेटी ठेकेदार उपनामले कुख्यात शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन प्रतिबन्धित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

घरबेटी ठेकेदार उपनामले कुख्यात शारदाप्रसाद अधिकारीको निर्माण कम्पनी शैलुङ कन्स्ट्रक्सनलाई सरकारले तीन वर्षका लागि प्रतिबन्ध लगाएको छ । खरिद सम्झौताविपरीत ठेक्का अलपत्र पारेको भन्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय अन्तरगतको सार्वजनिक खरिद अनुगमन कार्यालयले शैलुङलाई तीन वर्षका लागि कालोसूचीमा राख्दै प्रतिबन्ध लगाएको हो।

बुधबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय अन्तरगतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कुख्यात शैलुङसहित १० वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको सार्वजनिक सूचना प्रकाशन गरेको छ ।

बिभिन्न ठेक्का लिने र काम नगर्ने शैलुङ कन्स्ट्रक्सनलाई कालोसूचीमा राखिएको हो । कालोसूचीमा परेका निर्माण कम्पनीले नयाँ ठेक्का पाउनेछैनन् ।

 

प्रतिक्रिया दिनुहोस्

Array