संघले बजेट र अधिकार दिए विकास गर्ने योग्यता प्रदेशसँग छ : मुख्यमन्त्री राजेन्द्र राई

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं – प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले संघीय सरकारले पैसा र अधिकार दिए विकासका काम देखाउने योग्यता प्रदेशसँग रहेको दाबी गरेका छन ।

मंगलबार संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रदेश १ मा आयोजित छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले संघीय मन्त्रालयका मन्त्रीले एउटा प्रदेशको भन्दा ५ /६ गुणा बढी बजेट राखेको भए पनि जिल्ला जिल्लामा संघीय सरकारले भन्दा प्रदेश सरकारले बढी योजना बनाएको दाबी गरेका छन।

उनले पर्याप्त बजेट र अधिकार नदिँदा पनि प्रदेश सरकारको योजना संघीय सरकारको भन्दा बढी रहेको भन्दै प्रदेशमा नै आएर योजना गणना गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौती  दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

Array