मारुती सजुकीको १ लिटर पेट्रोलले २५ किलोमिटर चल्ने नयाँ अल्टो सार्वजनिक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं–मारुती सुजुकीको नयाँ अल्टो (के – १०) ४ लाखदेखि ६ लाख भारु पर्ने भारतमा सार्वजनिक भएको छ। यो तेस्रो पुस्ताको अल्टो के-१० पहिलेको मोडल अल्टो ८०० भन्दा ४५ एमएमको ठूलो र टायरमा ह्वीलबेस २३८० एमएमको रहेको छ। पहिलो भन्दा बाहिरी र भित्री दुबैको डिजाइनमा कम्पनीले परिवर्तन गरेर ल्याएको छ ।

यसमा सेलेरियोको १.० लिटरको के-१० सी पेट्रोल इन्जिन रहेको छ भने शक्ति ६७ हर्षपावर छ । पिक पावर भने ८९ एमएम क्षमताको छ। यसमा सेलेरियो र एस प्रेसो मोडलले दिने क्षमता छ । साथै ५ (स्पिडको म्यानुअल र एएमटी) अर्थात स्वचालित गियरबक्स उपलब्ध छ।
एक लिटर पेट्रोलमा २५ किलोमिटरसम्मको दुरी पार गर्न सकिने कम्पनीले दावी गरेको छ। अटोमेटिक ब्रेकिङ सिस्टम (एबीएस) र अगाडि डुअल एयर ब्याग र पछाडि सिटबेल्ट छ। यसले बाहिरी डिजाइनमा कष्टोमाइज गर्न सकिने ग्लिन्टो र इम्प्याक्टो गरी दुई वटा एक्सेसोरिजहरुको प्याकेज पनि ल्याएको छ।

प्रतिक्रिया दिनुहोस्

Array