आजबाट सिडिएससीका सबै सेवा बन्द हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – सिडिएस एण्ड क्लियरिङ लिमिटेडको सेवा आज साँझदेखि अबरुद्ध हुने भएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रमा डेटा सेन्टरमा नयाँ उपकरणहरु जडान हुने भएपछि सेवा बन्द हुन लागेको हो ।सिडिएससिका अनुसार सिंहदरबार स्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेका डाटा सेन्टरमा जडान गरेका उपकरणहरु नयाँ सर्भर र्याकमा स्थानान्तर गर्नुपर्ने भएकाले सेवा अवरुद्ध हुने भएको हो ।

सिडिएससिका अनुसार बिहीबार साँझ साढे ५ बजेदेखि अधिकतम एक दिनसम्म मेरो सेयर, सी–आश्वा, वेब सिडिएएस, सिएनएस लगायत सम्पूर्ण सेवा अवरुद्ध हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्