आजको राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ भाद्र २०७९, बिहीबार
2 Min Read
Aa

२०७९ भाद्र बिहिवार ०२ गते, २०२२ अगष्ट १८
मेष

आज आफ्नो इच्छानुसार समय बिताउने अवसर जुर्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । काममा सफलता पनि मिल्नेछ ।

मिथुन

चलाखीपूर्ण बोलीले काम बन्नसक्छ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । स्वास्थ्य राम्रो रहनेछ भने परिवारको खुसीका निम्ति केही खर्च हुनसक्छ ।

सिंह

आज मङ्गल र शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । प्रेमीको सहयोग पाइनेछ ।

तुला

प्रेम र दाम्पत्य जीवन सुखमय हुनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति पनि हुनेछ ।

धनु

आज जोश जाँगर र हिम्मत बढ्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

कुम्भ

आज भाग्यले विभिन्न अवसर जुराउनेछ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । घरमा अतिथिको आगमन हुनेछ ।

बृष

अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । वैदेशिक क्षेत्र पनि कमजोर रहन सक्छ।

कर्कट

आँटेको र ताकेको कार्य पुरा हुने र अधुरा कार्य पूरा हुनसक्छ । रमाइलो यात्राको योग रहेको छ ।

कन्या

महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्न सक्छ सर्तक रहनुहोला ।

बृश्चिक

बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । बौद्धिक विकास होला । धार्मिक यात्राको योग पनि छ ।

मकर

आजको दिन सामान्य र माध्यम नै रहनेछ । साँझमा भने शुभ समाचार पाइन सक्छ ।

मीन

कुनै कुराले मनमा शान्ति छाउला । कूटनीतिक नियोगको सहयोग मिल्ला ।

प्रतिक्रिया दिनुहोस्