आजको राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० श्रावण २०७९, सोमबार
2 Min Read
Aa
RASHIFAL

२०७९ सोमवार साउन ३० गते, २०२२ अगष्ट १६
मेष

आफ्नै व्यक्तिहरूसँग झगडा पर्न सक्नेछ । आज टाढाको भ्रमणमा निस्कनु ठीक छैन ।

मिथुन

पुँजी बजारमा आकर्षण बढ्नेछ । चिन्ता हटेर मन हलुका हुनेछ । मनोरञ्जनमा सहभागी पनि भइएला ।

सिंह

व्यक्तिगत खुसीका लागि केही धन खर्च भने अवश्य हुनेछ, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

तुला

आफन्त एवं इष्टमित्रसँग भेटघाट होला । शेयर बजारमा आकर्षण र लाभको अवसर आउनेछ ।

धनु

यात्रामा मालसामान पनि हराउन सक्छ, तर अन्तिम समयमा काम बन्नेछ ।

कुम्भ

आज मनमा उत्साहका साथै बोली बिक्ने समय छ । नयाँ जिम्मेवारी पाइएला । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ ।

बृष

नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ, तर पारिवारिक सुखका लागि धन खर्च हुनसक्छ ।

कर्कट

लाभदायक र खुसीपूर्ण यात्रा हुनेछ । अतिथिका रूपमा सम्मान पाइनेछ । चिताएको कामले तीव्रता पनि लिनेछ ।

कन्या

घरमा अतिथिको आगमन हुनेछ । पुरानो स्वास्थ्य राम्रो रहनेछ भने खुसीका निम्ति केही खर्च हुनसक्छ ।

बृश्चिक

धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ, तर दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

मकर

टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । समस्या सुल्झाउन सकिनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

मीन

आज चलाखीपूर्ण बोलीले काम बन्ने र आर्थिक लाभ हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

Array