गाउँपालिकाका अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ श्रावण २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – हुम्लाको अदानचुली गाउँपालिकाका कार्यकारी अधिकृत टकदत्त प्याकुरेलसहित चार जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक निर्माणमा उनीहरुले भ्रष्टाचार गरेको ठहर गर्दै आज उनीहरु विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

हुम्लाको अदानचुली–१ स्थित थलाल्नादेखि कल्खेसम्म र वडा नं. ४ स्थित लौठीदेखि रिल्म हुँदै बिगोठीसम्मको सडक निर्माणमा २१ लाख ४७ हजार ४९२ रुपैयाँ भ्रष्टाचार गरेको दाबी गरिएको छ । अख्तियारले आज मुद्दा दायर गरेका अन्यमा अदानचुली गाउँपालिकाका इन्जिनियर मकरध्वज शाही, असिस्टेण्ट सव–इन्जिनियर विनोद थापा र ठेकेदार गणेश भण्डारी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array