कोरोनाको बीमा रकम भुक्तानी गर्न सरकारले आनाकानी गर्योः सांसद भट्टराई

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ श्रावण २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ  – सरकारले ६ अर्बभन्दा बढी कोरोनाको बीमा रकम भुक्तानी गर्न आनाकानी गरिरहेको आरोप लागेको छ। नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले आईतवार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवसायिक नबनाइ सामाजिक सुरक्षाको स्वास्थ्य बीमा बनाउनुपर्ने बताए ।

उनले ६ अर्बभन्दा बढी कोरोनाको बीमा रकम भुक्तानी गर्न सरकारले आनाकानी गरेको जनाए । गंगालालमा भोलि एक डाक्टरको ६० वर्षको उमेर हदले समय सकिँदै थियो, प्रधानमन्त्रीजीको निर्देशनमा शनिबारमात्रै स्वास्थ्यमन्त्रीको अध्यक्षतामा बैठक बसेर ६३ वर्षको उमेर हद गर्ने गरेर नियमावली संशोधन भएको छ, म यो पञ्चमुखे सरकार, पञ्च टाउके सरकारलाई सोध्न चाहन्छु, एउटा मात्रै प्रधानमन्त्री हुनुहुन्न, कुर्सी एउटा छ र ४ जना डिफ्याक्टको प्रधानमन्त्री भएको सरकार यति बहादुर छ, उसले चाहे ६३, चाहे ८० वर्ष गर्नसक्छ । त्यो नागरिकको नागरिकता खिचेर ४० वर्षको नागरिकता बनाइदिनुहोस् । अरु २० वर्ष काम गर्न पाउनुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

Array