वाइवाइ चाउचाउ को मूल्यमा चालिस प्रतिसत भन्दा बढीले वृद्धि, सत्ताको आडमा कालोवजारी??

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ श्रावण २०७९, आईतवार
2 Min Read
Aa

सत्तारुढ नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य  बिनोद चौधरी को स्वामित्व रहेको चौधरी ग्रुप द्वारा उत्पादित वाइवाइ चाउचाउ को मूल्य बिगत ६ महिनामा ४०% भन्दा बेसिले मूल्य बृद्दी भएको छ |

पहिले खुद्रा मूल्य १८ तोकिएको वाइवाइ चाउचाउको चिकेन र भेजको खुद्रा मूल्य अहिले २३ रुपैया भएको छ |

यसैगरी पहिले ७५ ग्राम उपलव्ध हुने प्याकेट अहिले ६५ ग्राम भएर आएको छ |

मूल्य वृद्धि र परिणामको कमीको हिसाव गर्दा ४०% भन्दा धेरै मूल्य वृद्धि भएको हो |

पछिल्लो दुई महिनामा वाइवाइ चाउचाउले दुई पटक मूल्य बढाएको छ ।

नेपालमा सवैभन्दा बढी बिक्रि हुने वाइवाइ चाउचाउ को मुनाफाका कारणलेनै बिनोद चौधरी नेपालका सवैभन्दा धनि व्यक्ति भएका हुन् |

वाइवाइ चाउचाउ मा सिसाको मात्रा अत्याधिक रहेको भनेर भारतका सिक्किम केरला जस्ता  बिभिन्न प्रान्तमा यसको बिक्रिवितरण मा रोक लगाईएको छ |

केहि समय पहिले विद्यार्थीलाई पोषण खाना भनेर दाताको पैसामा वाइवाइ खुवाउने कार्यक्रम राष्ट्रपतिको हातबाट शुभारम्भ गरिएको थियो | उक्त कार्यक्रम विवादमा परेको थियो |

शुरु देखिनै दरवार र सत्ता प्रयोग गरेर उनले कालो वजारी गर्ने गरेको जानकार बताउछन |

काठमाण्डौमा बिक्रि हुने बियर मद्धे सर्वाधिक बिक्रि हुनेमद्धेको  दोस्रो नम्बरमा उनी द्वारा उत्पादित बियर आइसबर्ग रहेको uni उनी आफैले एक अन्तर्वार्तामा दावी गरेका छन् |

नेपालको सवैभन्दा धनि र मुनाफा कमाउने भएर पनि  विनोद चौधरी सवैभन्दा धेरै कर तिर्ने १० जना भित्र पर्दैनन् |

प्रतिक्रिया दिनुहोस्

Array