गभर्नर अधिकारीविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ श्रावण २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन गरिएको छ । सत्तारूढ दल नेपाली कांग्रेस भातृसंगठन नेविसंघमा आबद्ध विद्यार्थीले गभर्नर महाप्रसाद अधिकारीको राजीनामाको माग गर्दै आइतबार बालुवाटार ३ नम्बर गेटसँगै रहेको नेपाल राष्ट्र बैंकको गेटमा घेराउ तथा विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरू ब्यानरसहित बालुवाटारस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालय परिसरभित्र पनि छिर्न खोजेका थिए । त्यसपछि प्रहरीले हस्तक्षेप गरेको थियो । ती प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array