सरकारी खर्चमा हुलासले दुई वर्षे तालिमसँगै रोजगारी दिने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ श्रावण २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौँ–
लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र, नेपाल उद्योग परिसंघ र हुलास स्टिलबीच त्रिपक्षीय सम्झौता अनुसार रोजगारमूलक तालिम दिएपछि रोजगारी मिल्ने भएको छ । सम्झौता अनुसार तीन महिनाको तालिमपछि हुलासले दुई वर्षका लागि रोजगारमूलक प्रशिक्षण कार्यक्रममा छनोटमा परेका व्यक्तिलाई रोजगारी दिने भएको हो । तालिम हुलासले दिएपनि प्रशिक्षण अवधिको न्यूनतम खर्च भने सरकारले ब्योहोर्ने गरि सम्झौता भएको छ।
केन्द्रले १८ वर्ष नाघेका नेपालीलाई रोजगारमूलक तालिम दिन यो सम्झौता भएको जानकारी दिइएको छ । सम्झौतापत्रमा केन्द्रका उपसचिव ऋषिराम पंगेनी, परिसंघका महानिर्देशक दीपकराज जोशी र हुलास स्टिलका ब्राण्ड एण्ड कर्पोरेट कम्युनिकेशन म्यानेजर रवि केसीले हस्ताक्षर गरेका छन्।
कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम संचालन कार्यविधि २०७९मा रहेको प्रावधान अनुसार यो सम्झौता भएको दावी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array