कांग्रेसले सहयोग पायो, नत्र प्रश्न गर्ने हैसियत थिएन: अध्यक्ष ओली

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० श्रावण २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – एमाले अध्यक्ष केपी ओलीले आगामी निर्वाचनमा एमालेले वामपन्थी सरकार देख्न नचाहनेको सहयोग कांग्रेसले पाएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित कार्यशाला गोष्ठीमा कांग्रेसले अहिले थप सुविधा पाएको उनको भनाइ छ । वामपन्थी सरकार देख्न नचाहनेको सहयोग कांग्रेसले पायो, नत्र प्रश्न गर्न सक्ने हैसियतसम्म कांग्रेसको थिएन,’ ओलीले भने। ओलिले कांग्रेस भनेको अहिले पनि बन्चरो मात्र भएको दाबी गरेका छन। बिँड भनेको कम्युनिस्टधारी काठ हुन्। जब कम्युनिस्ट मजबुत हुन्छ अनि ढाल्न थालिन्छ,’ उनले भने।

गोष्ठीमा उनले राम्रो मेहनत गरे ठूलो दल वा बहुमतको सरकार बनाउन सक्ने उनको भनाइ छ। ‘एमालेलाई दुई तिहाइ चाहिन्छ। तर, अहिले हामीले दुई तिहाइ प्राप्त गर्ने सम्भावना छैन। तर, हामीले संगठित र योजनाबद्ध रूपमा काम गर्‍यौं भने बहुमत ल्याउन सक्छौं। केन्द्रमा एकल सरकार, अप्ठेरो नपर्ने गरी सरकार बनाउन सकिन्छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

Array