सचिवहरुको सरुवाप्रति भीम रावलको आपत्ति

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० श्रावण २०७९, शुक्रबार
1 Min Read
Aa

नेकपा एमाले नेता डा। भीम रावलले सरकारले सचिवहरुको सरुवा गरेको भन्दै विरोध जनाएका छन् । राजधानीमा आयोजित कार्यक्रममा नेता रावलले निर्वाचनको मिति घोषणा गर्दागर्दै सरकारले कतिपय सचिवहरुको सरुवा र केही महत्वपूर्ण नियुक्ति गरेको भन्दै विरोध गरेका हुन् ।

कार्यक्रममा नेता रावलले निर्वाचनमा तालमेल समान सिद्धान्त, विचार र दर्शन भएकाहरुबीच हुने भन्दै अहिले कायम रहेको पाँच दलीय गठबन्धनबीच कुनैपनि कुरा नमिल्ने र गठबन्धन गरे संविधान विपरित हुने बताएका छन। आजै बसेको गठबन्धनमा आवद्ध दलहरुले संघ र प्रदेश सभाको निर्वाचनसम्म तालमेल गर्ने निर्णय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

Array