राष्ट्र बैंकको नीति विपरित बैंकर्स संघको निर्णय; ब्याजदर नबढ्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० श्रावण २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं
नेपाल राष्ट्र बैंकले नीतिगत दरहरु बढाएर बैंक ब्याज दर बढाउन भने पनि बैंकहरुले ब्याजदर नबढाउने भएका छन् । बुधबार नयाँ नीतिगत दर लागू गर्दै राष्ट्र बैंकले निर्देशन जारी गरेको थियो। राष्ट्र बैंकको नीतिमा छलफल गर्दै २६ वटै बैंकका प्रमुख कार्यकारी र प्रतिनिधिहरुले बैंकर्स संघको बैठकमा अहिलेकै दरलाई निरन्तरता दिने निर्णय गरेका हुन ।

यसो हुँदा संस्थागत निक्षेपको ब्याज घट्ने छ। अहिले साधारण मुद्दति निक्षेपको ब्याज दर ११.०३ प्रतिशत छ। यसको एक प्रतिशत कम संस्थागतलाई दिनु पर्ने नियम हुँदा संस्थागतले १०.०३ प्रतिशत ब्याज पाउँदै आएका थिए।
बुधबारबाट राष्ट्र बैंकले २ प्रतिशत बिन्दु कम ब्याज दिनु पर्ने नीतिपछि संस्थागतले ९.०३ प्रतिशत ब्याज पाउने भएका छन् ।
बैंकहरुले ५ महिनादेखिको ब्याजलाई निरन्तरता दिए पनि आधार दर भने एउटै रहेको छ । तर संस्थागत निक्षेपकर्ताको ब्याज घटेकाले उच्च दरले आधार दर भने बढ्न पाउँने छैन।
ब्याज बढाएर नयाँ निक्षेप नआउने भन्दै बैंकरले अहिलेकोलाई नै निरन्तरता दिने निर्णय गरेका हो । राष्ट्र बैंकले बैंकले ब्याज बढाउँदा बजारमा उपभोग सामान महङ्गो हुने र उपभोक्तालाई नियन्त्रण गर्न सकिने भएकाले ब्याजदर वृद्धि गर्नुपर्ने बताएको थियो।

प्रतिक्रिया दिनुहोस्