मोहन वैद्यको पार्टी र नेकपा बहुमतबीच पार्टी एकता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० श्रावण २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं- मोहन वैद्यको पार्टी र नेकपा बहुमतबीच पार्टी एकता भएको छ। मोहन वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारी र नेकपा बहुमतबीच पार्टी एकता गर्ने निर्णय गरेको हो।

शुक्रबार बसेको माओवादी क्रान्तिकारी र नेकपा बहुमतको संयुक्त बैठकले पार्टी एकता गर्ने निर्णय गर्दै एकता संयोजन समितिसमेत गठन गरेको छ। बैठकपछि क्रान्तिकारी माओवादीका तर्फबाट वैद्य र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’ले संयुक्त रुपमा विज्ञप्ति जारी गरेर पार्टी एकता गर्ने निर्णयसहित संयोजन समिति गठन गरेको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

Array