वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी बर्खास्त

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ श्रावण २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको छ । सरकारले छानबिन समितिको प्रतिवेदनका आधारमा अधिकारीलाई बर्खास्त गरेको हो । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले अधिकारीलाई पदबाट हटाइएको छ।

अधिकारीमाथि कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप लागेपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको थियो। छानबिन समिति बनाएर सरकारले अधिकारीमाथि छानबिन गरेकोमा बिहीवारको मन्त्रिपरिषद्को बैठकले पदबाटै हटाउने निर्णय गरेको छ।

- Advertisement -
Ad imageAd image

निलम्बनको विरुद्धमा सर्वोच्च अदालत पुगेका अधिकारीले अन्तरिम आदेशसँगै काममा फर्किका थिए । अधिकारीलाई निलम्बन गरेपछि सरकारले महाप्रबन्धमा पाइलट दीपु ज्वार्चनलाई अस्थायी नियुक्ती गरेको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्