प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मंसिर ४ मा गर्ने सरकारको निर्णय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ श्रावण २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौँ – आज बसेको मन्त्रिपरिषद् बैठकले मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने निर्णय गरेको छ।

बुधबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले आज चुनावको मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको थियो। निर्वाचन आयोगले पनि यसअघि मंसिर पहिलो साता चुनाव गर्न सकिने सुझाव दिएको थियो।

प्रतिनिधिसभा अन्तर्गत एक सय ६५ र प्रदेशसभा अन्तर्गत तीन सय ३० निर्वाचन क्षेत्रमा निर्वाचन हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्

Array