सहिद तथा बेपत्ताका परिवारलाई मासिक भत्ता दिने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ श्रावण २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौ – द्वन्द्वमा सहिद तथा बेपत्ता भएका परिवारलाई गाउँपालिकाबाट मासिक भत्ता दिने भएको छ । बागलुङको ताराखोला गाउँपालिकाले द्वन्द्वको क्रममा सहिद, बेपत्ता भएका परिवार, घाइेते तथा अपांगलाई मासिक भत्ता दिने भएको हो ।

पालिकाले गाउँसभाबाटै नीति तथा बजेटमा सो कुरा समावेश गरेको छ । कार्यपालिका बैठकबाट भत्ता वितरणको नीति बनाएर पारित गरेकाले आगामी महिनादेखि सहिद तथा बेपत्ताका परिवारलाई मासिक भत्ता दिन थाल्ने गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले जानकारी दिएका छन् ।
सशस्त्र द्वन्द्वका क्रममा राज्य पक्षबाट २१ सहिद र २ बेपत्ता भएका थिए भने विद्रोही नेकपा माओवादी पक्षबाट चार सहिद भएका थिए । उनीहरुका परिवारलाई मासिक रु १ हजार पाँच सयका दरले भत्ता दिने निर्णय गरिएको विकले बताए । घाइते तथा अपांगताको हकमा परिचयपत्रको आधारमा जिल्ला प्रशासन र वडा कार्यालयले प्रमाणित गरेपछि ५ सय रूपैयाँ देखि १ हजार भत्ता दिने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array