काठमाडौं उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ श्रावण २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं – नेपालगञ्जबाट काठमाडौं उडेको श्री एयरलाइन्सको जहाजमा समस्यादखिए पछि आकस्मिक अवतरण भएको छ । बिहान ९:४९ बजे काठमाडौं उडान गरेको यो जहाज १० नटिकल माइल पार गर्ने क्रममा देब्रे पट्टीको इन्जिनमा आगो लागेपछि पुनः आकस्मिक अवतरण गरिएको हो ।

विमानस्थलका अनुसार जहाजमा चालकदल सहित ७९ जना यात्रु सवार थिए । जहाजमा सवार यात्रुलाई अर्को जहाजमा काठमाडौं ल्याउनका लागि तयारी सुरु गरिएको नेपालगञ्ज विमानस्थलले जनाएको छ। जहाज उडान गर्ने क्रममा प्राविधिक समस्या आएपछि पुनः नेपालगञ्जमै अवतरण गराइएको छ।

प्रतिक्रिया दिनुहोस्

Array