विभिन्न स्थानमा भारी वर्षा हुने, सर्तका अपनाउन अनुरोध

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ श्रावण २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – देशका विभिन्न स्थानमा भारी वर्षा भएको छ । केही दिनयता परेको पानीले बाढी तथा पहिरो जाँदा कतिपय स्थानमा सडक अवरुद्ध भएका छन् । कास्कीका विभिन्न स्थानमा गएराति १२ बजेदेखि भारी वर्षा भएको छ । कास्कीको जुमलेटी, पोखरा विमानस्थल, लामापाटन, घलेखर्कलगायत धरै स्थानमा भारी वर्षा मापन गरिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

पर्वत, गोरखा र आसपासका केही स्थानमा पनि भारी वर्षा भएकाले उक्त जिल्ला भई बहने साना नदीमा आकस्मिक बहाव हुन सक्ने भएकाले बिहानसम्म तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

दोलखामा पनि गएराति भारी वर्षा भएको छ । तामाकोशी नदी, गोंगर जगतमा जलसतह ४.५२ मिटरले बढेको छ । जलस्तरले सतर्कता तह पार गरेको र नदी बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा रहनेले बिहानसम्म उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

प्युठान र आसपासका क्षेत्रमा पनि भारी वर्षा भएको छ । लुङ्गरी नदीमा जलसतह ३.५८ मिटरले बढेको छ । नदीमा जलस्तरले सतर्कता तह पार गरेको बढ्ने क्रममा रहेकाले तटीय क्षेत्रमा बस्नेले बिहानसम्म उच्च सतर्कता अपनाउनु पर्ने विभागको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्

TAGGED: