नेपालले चीनको समर्थन गर्नेमा विश्वास छ; चिनियाँ राजदूत

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ श्रावण २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – नेपाल सरकार र जनताले एक चीन सिद्धान्तको पालना गर्ने चिनियाँ राजदूतको अपेक्षा रहेको छ। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालले आगामी दिनमा पनि एक चीन सिद्धान्तको समर्थन गरिरहने विश्वास व्यक्त गरेकी हुन्।

काठमाडौंस्थित चिनियाँ राजदूतले बुधबार एक विज्ञप्ति जारी गर्दै “हामी विश्वास गर्छौं – नेपाल सरकार र यहाँका जनताले एक चीन सिद्धान्तको पालना गरिरहने छन् र चीनको वैध र जायज अडान बुझेर समर्थन गर्नेछन् र एकअर्काको सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डता रक्षा गर्न चीनसँग मिलेर काम गर्ने छन्” ।

- Advertisement -
Ad imageAd image

विज्ञप्तिमा ‘चीन र नेपाल हिमाल र नदीले जोडिएका असल छिमेकी, भरपर्दा मित्र र साझेदार हुन्। दुई देशले आफ्नो सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डतासम्बन्धी मूल हितका मुद्दाहरूमा सधैं एक अर्कालाई बुझ्छन् र समर्थन गरिरहेका छन्। चीनले एक चीन सिद्धान्तप्रति नेपालको लामो समयदेखिको प्रतिबद्धता र ताइवान स्वतन्त्रताको दृढतापूर्वक विरोध गरेकोमा उच्च प्रशंसा गर्छ।’
अमेरिकी संसदको प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमणमा गएपछि उत्पन्न भएको अमेरिका र चीनबीचको विवादमा चीनले नेपालको साथ खोजेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्