जहाजमा आतंकवादी रहेको सूचना आएपछि नेपाल एयरलाइन्सको मुम्बई उडान स्थगित, अनुसन्धान हुदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ श्रावण २०७९, बुधबार
1 Min Read
Aa

नेपाल एयरलाइन्सको मुम्बई उड्न तयार रहेको न्यारोबडी ३२० जहाजमा आतंकवादी रहेको सूचनाका आधारमा उडान स्थगित गरिएको छ । यात्रीहरुलाई ओरालिएको छ र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरूमाथि अनुसन्धान शुरु गरेको छ।

कैलाली जिल्ला प्रहरी कार्यालयले, प्रहरी प्रधान कार्यालयलाई जहाजमा आतंकवादी रहेको सूचना पठाएपछि उडान स्थगित गरिएको हो ।

बुधबार १:१० मा मुम्बई उड्नुपर्ने नेपाल एयरलाइन्सको न्यारोबडी ३२० जहाजमा आतंकवादी रहेको सूचना आएपछि यात्रु ओरालिएको विमानस्थल कार्यालयले जानकारी दिएको छ।

जहाजमा १४१ जना यात्रु मुम्बई जानका लागि सिटमा बसिसकेका थिए।

बिस्तृत समाचार आउन बाकी !

 

प्रतिक्रिया दिनुहोस्

Array