सी.पी. मैनालीद्वारा के.पी. ओलीलाई बिपक्षी गठबन्धनको नेता र प्रधानमन्त्री बन्न प्रस्ताव

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ श्रावण २०७९, बुधबार
1 Min Read
Aa

नेकपा(माले)का महासचिव सी.पी. मैनालीले नेकपा(एमाले)का अध्यक्ष के.पी. ओलीको नेतृत्वमा बिपक्षी गठबन्धन बनाउन प्रस्ताव गरेका छन्। तुलसीलाल अमात्य स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै महासचिव मैनालीले ओलीलाई बिपक्षी  गठबन्धन बनाएर नेतृत्व गर्न अनुरोध गरेका हुन् । उनले भने “प्रतिपक्ष मा रहेका अन्य दलसँग मत कम रहेपनि गुडविल छ । गठबन्धन बनाए प्रतिपक्ष को बहुमत आउछ। यो राष्ट्रघाति सत्ता गठबन्धनलाई हराएर प्रधानमन्त्री बन्नुहोस। यो सोच्नेकाम तपाइको हो। हाम्रो साथ रहनेछ।”

गठबन्धनका नेता लाज पचाएर लम्पसारवादी भइसकेको ,देश जोगाउन पुर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व आवश्यक रहेको उनले वताए।

मैनालीले अहिलेको सत्ता गठबन्धनले बिदेशीको भरिया भई राष्ट्रघात गरेको र यसलाई हटाउनु हरेक राष्ट्रवादी नेपालीको कर्तव्य भएको वताए।

महासचिव मैनालीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” र माधवकुमार नेपाललाई बिदेशीको खेताला भएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

Array