गठबन्धन सरकारका कारण देश घाटामा; महासचिव पोखरेल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ श्रावण २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – गठबन्धन सरकारका कारण देश संकटमा फस्दै गएको छ। तुलसीपुर स्थित बुधबार पार्टी कार्यालयमा प्रेस चौतारी नेपाल दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा एमालेका महासचिव शंकर पोखरेलले यस्तो भनेका हुन । एमाले सरकारमा रहँदासम्म देशको आर्थिक अवस्था सकारात्मक रूपमा रहेको भए पनि अहिलेको आर्थिक अवस्था नाजुक अवस्थामा पुगेको बताएका छन्।

‘हामीले मुलुकको सोधनान्तरस्थित झन्डै ७०र८० अर्ब रुपैयाँ बचतको अवस्थामा छोडेका थियौं,’ पोखरेलले भने, ‘गठबन्धन सरकारका कारण एक वर्षको अवधिमा देश पौने तीन खर्ब घाटामा पुगेको छ।’एक वर्षको अवधिमा पाँच महिना बराबरको सामर्थ्य देशले गुमाउनुले गठबन्धन सरकार असक्षम भइसकेको पुष्टि भएको उनले तर्क गरे।

देशको अर्थतन्त्र संकटमा परेको भन्दै उनले सरकार पूर्ण रूपमा असक्षम साबित भइरहेको दाबी गरे।

प्रतिक्रिया दिनुहोस्

Array