सप्तकोशीको बाध फुट्यो, २० हजार बढि प्रभावित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ श्रावण २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – उदयपुरमा बर्षा सगैँ आएको बाढीले सप्तकोसी नदीको बाँध फुटेको छ ।  केही दिन लगातार परेको अबिरल वर्षा सगैँ आएको बाढीले उदयपुरको बेलका नगरपालिका-८ लाहुरे खोच डुम्रीबोटेमा सप्तकोसी फुटेर नदी बस्तिमा पसेको हो ।

उदयपुर नगरपालिका ८ का वडा अध्यक्ष जय कुमार राईका अनुसार बुधबार बिहान  ४ बजेतिर सप्तकोसी नदीको बाँध फुटेर पहिलेको अवस्थामा फर्किएको छ। त्यसैगरी, बेलका नगरपालिका – १, २, ३, ८, ९ र सुनसरीको बराहक्षेत्र नगरपालिका-६ र सप्तरीको केही क्षेत्र डुबानमा परेको रार्ईले बताएका छन् । नदी किनारका बस्तीलाई सुरक्षित स्थानमा पहिले नै सारिएकोले मानवीय क्षति नभएको राईले जनाएका छन् ।

बस्ती सार्ने काम भइरहेको छ’, अध्क्षय राईले भने, “यसले उदयपुरलाई मात्र नभएर सुनसरी र सप्तरीका बस्तीलाई असर गर्ने देखिन्छ।” कोशी ब्यारेजका बाँकी ढोका खोल्न आग्रह गरिएको जानकारी दिएका छन्। कोशी नदी पश्चिम तर्फ र्फकिदा बेलकामा २० हजार बढि नागरिक प्रभावित हुने उनले बताए ।

 अहिले पुनः सोही धारबाट नदी बग्दा नदीले उकासेको क्षेत्रमा बसोबास गरेका बेलकाका २३ सय परिवार विस्थापित हुने अवस्थामा पुगेका छन् । अहिलेसम्म ५ हजार जतिलाई सुरक्षित स्थानमा सारिएको छ।

प्रतिक्रिया दिनुहोस्

Array