अपहराह्न पछि भारी वर्षाको सम्भावना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ श्रावण २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं – काठमाडौंमा आज दिनभर हल्कादेखि मध्यम वर्षा हुने छ । दिनभर मौसम बदली भइ अपहराह्न पछि वर्षाको सम्भावना अधिक रहेको छ । काठमाडौंमा आज बिहान पनि केही स्थानमा वर्षा भइरहेको र केही स्थानमा वर्षा हुन लागेजस्तो मौसम रहेको मौसमविद् बताएका छन् । अपराह्नपछि यो वर्षाको सम्भावना झन धेरै हुनेछ ।”

मौसमविद्का अनुसार केही दिन अगाडिदेखी देशका विभिन्न स्थानमा भारी वर्षा भएकोमा केही कम हुन सुरु भइसकेको छ । उत्तरतर्फ रहेको न्यूनचापीय प्रणाली दक्षिण ९नर्मल पोजिसन०तर्फ फर्किँदै गएकाले भारी वर्षा कम हुँदै गएको मौसमविद्को भनाइ छ ।

आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ । पहाडि भेग विभिन्न स्थानमा खोलानाला बढने र पहिरो जाने सम्भावना बढी रहेको छ । सर्तकता अपनाउन समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array