चीनको चेतावनीलाई वेवास्था गर्दै सभामुख न्यान्सी पेलोसी ताइवानमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ श्रावण २०७९, मंगलवार
2 Min Read
Aa

चीनको गम्भीर असहमति र चेतावनीलाई वेवास्था गर्दै अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसी ताइवानको राजधानी ताइपेई पुगेकी छन्। चीन प्रति अत्यन्तै नकारात्मक र कठोर बिचार राख्ने न्यान्सी पेलोसी आज केहि पहिले ताइवानको सोङ्गसान विमानस्थलमा उत्रिएकी हुन् |

उनी ताइवानमा उत्रिए लगत्तै चीनीया विदेश मन्त्रालय, राष्ट्रिय जन कांग्रेसको स्थायी समिति, चीनीया कम्युनिष्ट पार्टी केन्द्रीय समितिको ताइवान मामिला कार्यालय, चीनीया जनराजनीतिक परामर्शदात्रीको विदेश मामिला समितिलगायत चिनियाँ केन्द्रीय सरकारी निकायहरू आन्तरिक छलफलमा जुटेको चीनिया राज्य नियन्त्रित सञ्चार माध्यम ग्लोवल टाइम्सले जनाएको छ | ग्लोवल टाइम्सका अनुसार चीनिया रक्षा मन्त्रालयले यस भ्रमणको निन्दा गर्दै चीन-अमेरिका सम्बन्धको राजनैतिक आधारलाई गम्भीर रूपमा क्षति पुर्‍याउने वताएको छ |

चिनीया जनमुक्ति सेना (PLA)को  पूर्वी थिएटर कमाण्डले अहिले केहिवेर देखि  ताइवान वरिपरि संयुक्त सैन्य अपरेशनहरू आयोजना गर्ने जनाएको छ | ताइवानको उत्तर, दक्षिण पश्चिम र दक्षिण पूर्व मा संयुक्त समुद्री र हवाई अभ्यास र मिसाइल परिक्षण समत गर्ने जनाएको छ | 

यसै बीच स्पीकर नैन्सी पेलोसीले ताइवान पुग्नासाथ एक बिज्ञप्ति जारि गरेकी छन् | उनले भनेकी छन् “हाम्रो प्रतिनिधिमण्डलको ताइवान भ्रमणले ताइवानको जीवन्त लोकतन्त्रलाई समर्थन गर्ने अमेरिकाको अटल प्रतिबद्धतालाई सम्मान गर्छ।ताइवान नेतृत्वसँगको हाम्रो छलफलले हाम्रो साझेदारको लागि हाम्रो समर्थनलाई पुन: पुष्टि गर्छ र स्वतन्त्र र खुला इन्डो-प्यासिफिक क्षेत्रलाई अगाडि बढाउनेलगायत हाम्रा साझा हितहरूलाई बढावा दिन्छ।  विश्वले निरंकुशता र प्रजातन्त्र बीचको छनौटको सामना गरिरहेको बेला ताइवानका २३ मिलियन जनतासँग अमेरिकाको ऐक्यबद्धता आज पहिलेभन्दा धेरै महत्त्वपूर्ण छ।”

यसै बीच अमेरिकी सरकारले नैन्सी पेलोसीको भ्रमण अमेरिकी सरकारको नभई उनको छनौट भएको वताएको छ |

प्रतिक्रिया दिनुहोस्

Array