एमालेको बिरोध प्रदर्शनमा सरकारी कर्मचारी सहभागि, हाजिर गरी आन्दोलनमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ श्रावण २०७९, मंगलवार
1 Min Read
Aa

भ्रष्टाचार र महँगी बिरुद्ध भन्दै नेकपा (एमाले) ले हिजो श्रावन १६ गते गरेको सडक प्रदर्शन मा उल्लेख्य मात्रामा सरकारी कर्मचारी समेत सहभागि भएका थिए | बिभिन्न सरकारी कार्यालयमा कार्यरत रहेका र एमाले निकट कर्मचारी संगठनमा आवद्ध भएका कर्मचारी हाजिर गरी बिदा नलिई आन्दोलनमा सहभागि भएका हुन् |

यस बिषयमा गोरक्ष पोष्ट ले नेकपा (एमाले) केन्द्रिय कार्यालयमा टेलिफोन मार्फत सम्पर्क गरेर जिज्ञासा राखेको थियो | हामीले एमाले ले आन्दोलनमा सरकारी कर्मचारी समेत संलग्न गराएको हो भनेर प्रश्न गर्दा – एमालेका प्रतिनिधिले हिजोको प्रदर्शनमा सरकारी कर्मचारी संलग्न गराउने कुनै योजना थिएन भनेर जवाफ दिए | तर हिजोको प्रदर्शनमा त सरकारी कर्मचारीको पनि उपस्थिति देखिन्छ नि भनेर प्रतिप्रश्न गर्दा : कर्मचारी पनि नेपाली नागरिक नै हुन् , भ्रष्टाचार र महँगी को असर कर्मचारीलाई पनि परेको छ – त्यहि भएर आउनुभयो होला भन्ने जवाफ दिए |

निजामती सेवाका कर्मचारीको आचरण सम्बन्धि नियमावली २०६५ को १२(१) र १२(२) ले निजामति  कर्मचारीलाई राजनीतिक उद्धेश्य प्रेरित कार्यक्रममा सहभागि हुन निषेध गरेको छ | यसका वावजुद राजनीतिक रूपमा निष्पक्ष हुनुपर्ने कर्मचारी दलका सदस्य हुनु, कर्मचारीको राजनीतिक नेतृत्व सँगको साठगाठमा अवान्छित उद्धेश्य प्राप्त गर्ने स्वार्थ प्रष्ट देखिन्छ |

प्रतिक्रिया दिनुहोस्

Array