औद्योगिक क्षेत्रको भाडा घटाउन सरकारसँग सिएनआईको आग्रह

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ श्रावण २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं नेपाल उद्योग परिसंघले औद्योगिक क्षेत्रको भाडा तत्काल घटाउन सरकारसँग आग्रह गरेको छ। परिसंघका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद अधिकारीसहितको टोलीले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडु र उद्योग सचिव अर्जुनप्रसाद पोखरेललाई भेटेर यो आग्रह गरिएको हो।

औद्योगिक क्षेत्रले उद्योगमा रहेका उपकरणका आधारमा विद्युत डिमाण्ड चार्ज लिने र उद्योगलाई आवश्यक पानी आफैले बोरिङ निकालेको पानीमा समेत मिटर जडान गरेर शुल्क लिइएको परिसंघले जनाएको छ। कार्यवाहक अधिकारीले कोभिडबाट उठ्न नपाउँदै ९८ प्रतिशतदेखि ६८७ प्रतिशतसम्म भाडा बढाइएको बताए।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको संचालक समिति २०७५ मंसिर ५ गते बसेको बैठकले ६८७ प्रतिशतसम्म भाडा बढाउने निर्णय गरेको थियो। यो निर्णयमा सरोकारवालाले अहसहमति जनाएका थिए।

प्रतिक्रिया दिनुहोस्