लाभांश घोषणको मौसम सुरु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ श्रावण २०७९, मंगलवार
2 Min Read
Aa

राममाया बस्नेत

काठमाडौं- अहिले लाभांश घोषण गर्ने मौसम सुरु भएको छ । केहि कम्पनीले नगद लाभांस घोषण गरेका छन् भने केहिले बोनस शेयर घोषण गरेका छन् । केहि हाइड्रोपावर कम्पनीले भने सतप्रतिसत नै राइट शेयर दिने घोषण गरिसकेका छन् ।
आर्थिक वर्ष २०७७÷२०७८को बोनस झण्डै २३ वटा कम्पनीले गरिसकेका छन् । ३ वटा म्युचुअल फण्डले भने २०७८÷७९ बोनस घोषणा गरेका छन् । क्यापिटलको साउन १६ गते बसेको संचालक समितिको ७५ औं बैठकले लक्ष्मी बैंकद्धारा प्रवर्द्धन गरिएको लक्ष्मी क्यापिटल मार्केट योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सचालित लक्ष्मी उन्नत्ती कोषले आर्थिक वर्ष २०७८र०७९को लागि योजनाको इकाईधनीहरुलाई ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको उल्लेख गरिएको छ।
त्यस्तै सोहि बैठकले लक्ष्मी बैंकद्धारा प्रवर्द्धन गरिएको लक्ष्मी क्यापिटल मार्केट योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सचालित लक्ष्मी इक्विटी फण्डले आर्थिक वर्ष २०७८र०७९को लागि योजनाको इकाईधनीहरुलाई ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो। प्रतिफल घोषणा गरे संगै क्यापिटलले लाभांश बितरणको लागि बुक क्लोज मिति भने पछि सार्वजनिक गर्ने जनाएको छ ।

२०७७÷७९ मा घोषणा गरेको बोनस केहि कम्पनीहरुले भने बुक क्लोजको मिति तोकिसकेका छन् । शेयरबजारमा सबै भन्दा बढि चर्चा बटुल्ने कम्पनी नागरिक लगानी कोषले अघिल्लो वर्षको ३० प्रतिशत बोनस शेयरको अन्तिम बुक क्लोज मिति साउन २५ गते तोकेको छ । यस कम्पनीमा दोस्रो बजारमा दिर्घकालिन र तत्कालिन दुवै लागानी कर्ताको आकर्षण रहने गर्छ ।लाभांसको बुक क्लोज मिति तोक्न बाकीमा बैंक, लघुबित, बीमा कम्पनी र म्युचअल फण्डलगायत रहेका छन् ।

राधि विद्युत कम्पनी र बरुण हाइड्रोपावर कम्पनीले राइट शेयरको घोषण गरिसके पनि अन्तिम मिति भने तोकेका छनैन् । तर, ङाद्रि गुप पावरले भने अगष्ट २३ सम्म अन्तिम मिति तोकेको छ । त्यसै गरि अपर तामाकोसी लगायतका हाइड्रपावर कम्पनीको राइट शेयर चर्चा चलेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: