भारतीय राष्ट्रिय शुरक्षा बोर्डका अध्यक्ष रसियन एजेन्ट भएको युक्रेनको आरोप, राख्यो कालो सूचीमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ श्रावण २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं- युक्रेनले भारतीय राष्ट्रिय सुरक्षा बोर्ड(NSAB) का अध्यक्ष एवं बरिष्ठ कुटनितिग्य पी.एस. राघवन लाई रसियन एजेन्ट भन्दै कालो सूचीमा राखेको छ | पी.एस. राघवन सँगै अमेरिकामा रहेका बरिष्ठ लेखक सैम पित्रोदा र वरिष्ठ पत्रकार सईद नक़वी लाई समेत कालो सूचीमा अंकित गरिएको छ |

यूक्रेन का  राष्ट्रपति वोलोदिमीर ज़ेलेंस्की ले नेतृत्व गर्ने राष्ट्रिय शुरक्षा र प्रतिरक्षा काउंसिल ले भारतीय राष्ट्रिय सुरक्षा बोर्ड (NSAB) का अध्यक्ष  पी.एस. राघवन लगायत लाई रूसी प्रोपोगण्डा फैलाएको आरोप लगाउदै कालो सूचीमा राखेको हो |

रुसका लागि भारतको राजदुत भईसकेका पी.एस. राघवन लाई मोदी सरकारले हालै मात्र राष्ट्रिय सुरक्षा बोर्डको प्रमुखमा नियुक्त गरेको थियो | राष्ट्रिय सुरक्षा बोर्ड को प्रमुखको रुपमा यो उनको तेस्रो कार्यकाल हो |

प्रतिक्रिया दिनुहोस्

Array