धादिङ र चितवनमा पहिरो जाँदा सडक अवरुद्ध

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ श्रावण २०७९, मंगलवार
1 Min Read
Aa
Movement of vehicles obstructed due to traffic jam at Nagdhunga. Photo: RSS

काठमाडौँ – नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग सोमबार राति ११ बजेदेखि अवरुद्ध भएका छन् । उक्त सडकअन्तगर्तको भरतपुर महानगरपालिका–२९ केराबारी र सत्रकिलोमा खसेको पहिरो पन्छाउने काम भइरहेको छ । ईच्छाकामना गाउँपालिका–६ को २ र ३ नम्वर पुलको बीचमा खसेको पहिरो पन्छाएर सकिएको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ ।

प्रहरीका अनुसार पृथ्वी राजमार्गअन्तर्गत ईच्छाकामना–३ कुरिनघाटमा बिहान ८ः५० बजे खसेको पहिरो पन्छाउने काम सुरु भएको हो । पहिराले राजमार्ग दुवैतर्फ अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनबाट खटिएको टोलीले सडक विभागसँग समन्वय गरी बाटो खुलाउने प्रयास गरेको हो । लगातार पानी परिरहेकाले अन्य स्थानमा पनि पहिरो जाने जोखिम रहेकाले वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले सुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array