म्याग्दीमा पहिरो, २ को मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ श्रावण २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – म्याग्दीमा मंगलबार (आज) बिहान पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका–२ रुमको तामिङमा पहिरोले घर बगाउँदा दुई जनाको मत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । घामबहादुर बिक र गोठे बिकको घर पहिरोले पुरिएको स्थानीयले जनाएका छन ।

घटनास्थलमा रहेका निवर्तमान वडा सदस्य समबहादुर बिकका अनुसार गोठे बिकका छोराहरु राजन र नविनको शव भेटिएको छ। गोठे र उनकी श्रीमती गोरी बिक पहिरोमा परेर घाइते भएका छन्। घामबहादुर, उनकी श्रीमति राममाया र छोरी रोजी बिक बेपत्ता भएका छन्।

स्थानीयबासीले बेपत्ताको खोजी गरिरहेका छन्। घटनास्थल तामिङ गाउँ रुमको फेदीमा पर्छ। मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि करिब तीन घण्टा पैदल यात्रापछि घटनास्थलमा पुग्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

Array