राहादानीको अनलाइन आवेदन बिहान ११ बजे देखि खुल्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ श्रावण २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं – राहादानी विभागले ई-पासपोर्टको अनलाइन आवेदन आज बिहान ११ बजेदेखिनै खुल्ने भएको छ। राहदानी विभागले यस अघि साँझ साढे ४ बजेपछि खुलाउँदै आएकोमा आज देखि भने बिहान ११ बजेबाट नै खुलाउन लागेको हो ।

विभागले सोमबार सूचना जारी गरी उक्त जानकारी दिएको हो। विभागले हाल २ हजार ४ सय जनाको प्रि–इनरोलमेन्ट खुलाउँदै आएकोमा अब कोटा पनि बढाउने तयारी गरेको छ। प्रि–इनरोलमेन्ट गरिसकेपछि प्राप्त मितिमा राहदानीका लागि विभागमा पुग्‍नुपर्छ।

प्रतिक्रिया दिनुहोस्